काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५६औँ वार्षिक साधारणसभा आजबाट काठमाडौंमा सुरु हुनेभएको छ । वार्षिक साधारणसभाको समुद्घाटनसँगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुद्घाटन हुने महासंघले जनाएको छ ।
वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले होटल सोल्टी ताहाचलमा एक विशेष समारोहका बीच समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । साधारणसभाको समुद्घाटन समारोहमा सांसदहरू, मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, नेपाल सरकारका वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थविद्, उद्यमी व्यवसायीलगायत महत्वपूर्ण क्षेत्रबाट सहभागिता रहने महासंघले जनाएको छ । निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रूपमा लिइने महासंघको वार्षिक साधारणसभामा भाग लिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् । वार्षिक साधारणसभामा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिब एक हजार पाँच सय उद्यमी व्यवसायीको उपस्थिति रहनेछ ।
समुद्घाटनपश्चात् अहिलेका महत्वपूर्ण विषयहरूमा सरकार, नीति निर्माता, उद्यमी व्यवसायीहरूको सहभागितामा बृहत् छलफल गरिनेछ । विशेष सत्रमा तरलता एवं बाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमूलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिनेछ । विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाइसकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक जिल्ला नगर वाणिज्य संघ एक सय १८, वस्तुुगत संघहरू एक सय २३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्य एक हजार सात सय ४८ रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया