नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरूलाई सहभागी गराई बृहत् क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको छ । अस्पतालले वैशाख १ गते आफ्नो २९औँ वार्षिकोत्सव मनाउँदै छ । सोही अवसरमा अस्पतालले आगामी शनिबार (१६ अप्रिल)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको हो ।
क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरूलाई एकै पटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरू डा. एलिजा श्रेष्ठ, डा. बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा. श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ । क्यान्सर विशेषज्ञहरूको यो टिमले शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ । नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा दिँदै आएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक हप्ताको शनिबार विशेषज्ञहरूलाई निःशुल्क ओपीडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको बृहत् क्याम्प नै सञ्चालन हुन लागेको हो । क्यान्सर स्क्रिनिङको बृहत् क्याम्पमा सहभागी भई निःशुल्क सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रीम टिपाउन सक्ने सुविधा समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया