दोलखा । जिल्ला फुटबल संघ दोलखाको अध्यक्षमा कौरव पाण्डे निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको पाचौँ जिल्ला अधिवेशन तथा निर्वाचनले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो । जिल्लामा सक्रियरूपमा रहेका १० वटा क्लबका प्रतिनिधिले पाण्डेलाई सात मत दिँदा अध्यक्षका अर्का प्रत्यासी प्रविन श्रेष्ठ तीन मत मात्र दिएका थिए । त्यसैगरी उपाध्यक्षमा तीन जना निर्वाचित भएका छन् । प्रमुख निर्वाचन समिति संयोजक गोकर्ण प्रसाद भण्डारीका अनुसार जय बहादुर श्रेष्ठले आठ मत, विनोद खड्का र पुष्कर जिरेलले सात/सात मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यमा राजेश थापा, दिनेश श्रेष्ठ, बाबुराज श्रेष्ठ, बाबुकाजी बस्नेत, यमबहादुर थामी, युवराज पाठक, राजु तामाङ, गणेश थापा, शान्ति घिमिरे कार्की, शंकर श्रेष्ठ गरी १० जना निर्वाचित भएका छन् ।
संघको अधिवेशनलाई बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले दोलखाको फुटबल र खेल क्षेत्रको विकासमा बागमती प्रदेश सरकारले आगामी दिनमा चासो दिएर बजेटको व्यवस्थापन गर्ने बताए । बागमती प्रदेश मातहत बन्दै गरेका विकास निर्माणका आयोजनाहरूको अनुगमन गर्न दोलखा आएका मन्त्री श्रेष्ठले दोलखाको पर्यटन क्षेत्रको विकासको लागि नयाँ बजेटमा अनुदानको व्यवस्था गर्ने समेत बताए ।
संघको अधिवेशनमा फुटबल संघका संस्थापक महासचिव एवं पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं, सक्रिय खेलाडी रोशन श्रेष्ठलगायत चार जनालाई सम्मान गरिएको थियो । पाँचौँ अधिवेशन दोलखाका फुटबल संघ दोलखाका अध्यक्ष गोबिन्द श्रेष्ठको अध्यक्षयता तथा एन्फाका केन्द्रीय उपाध्यक्ष वीरबहादुर खड्काको उपस्थितिमा सम्पन्न भएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया