काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको प्रतिमा अर्यालको पुर्ख्यौली थाकथलो जोरपाटी अर्याल गाउँ (हालको गोकर्णेश्वर/७)मा अनावरण गरिएको छ । अर्यालका घनिष्ठ मित्र समेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले शनिबार एक कार्यक्रमबीच प्रतिमा अनावरण गरेका हुन् ।
कार्यक्रममा भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहेको उनको भनाइ थियो । वरिष्ठ साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिलेसम्म चुनौती दिन नसकेको दाबी गरे ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताए । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको उल्लेख गरे । स्थानीय पुण्यप्रसाद दाहालले अन्यत्र अपहेलित अवस्थामा रहेको अर्यालको प्रतिमलाई उनकै पुर्ख्यौली थाकथलोमा राख्न पाउँदा गौरव लागेको बताए ।
तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकालदेखि गर्दै आएको गतिविधिबारे प्रकाश पारेका थिए । स्थानीय समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका ज्येष्ठ सुपुत्र प्राध्यापक डाक्टर दीपक अर्यालले रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
अर्यालको पूर्णकदको सालिक (महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकलसहित) कागेश्वरी मनहरा नगरपालिकास्थित आलापोट फुयाल गाउँमा पनि रहेको छ भने अर्धकदको सालिक हेटौंडाको पुष्पलाल चोकमा अवस्थित छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्णकदको सालिकको निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया