Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसात करोड १३ लाख ठगी गर्ने पक्राउ

सात करोड १३ लाख ठगी गर्ने पक्राउ


काठमाडौं । बैंकिङ कसुर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० अनामनगरबाट पक्राउ गरेको जानकारी दिएको छ । उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी सात करोड १३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x