एमसीसीको सहयोगमा सडक विभागमा निर्मित नयाँ प्रयोगशालाहरूको उद्घाटन
काठमाडौं । सडक विभाग, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) तथा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को सहयोगमा सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्तरूपमा उद्घाटन गरिएको छ ।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का नायब उपाध्यक्ष जोनाथन ब्रूक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रयोगशालाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको ६ दशमलव ३८ अर्ब अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसीए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार हो । एमसिए–नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणहरूको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न एक महत्वपूर्ण कोशेढुंगा हो ।
उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको खुशी व्यक्त गरे । यसैगरी युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालसँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको र यी अत्याधुनिक प्रयोगशालाहरूको उद्घाटन एमसीसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्वपूर्ण कदम रहेको बताए । यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्ने उनको भनाइ छ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मतका लागि पहिलो पटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने बताए ।
सो प्रयोगशालाको निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरणको हस्तान्तरण कार्य नेपाल सरकार तथा एमसीसीबीच २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताअन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अंश हो । एमसीए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजनाअन्तर्गत करिब ४४ दशलमव ५३ करोड रूपैयाँबराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ । उक्त सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापनका लागि सो विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मतसम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ ।
करिब १६ दशमलव ५९ करोड रूपैयाँ मूल्यकोे सुपरपेभ आस्फाल्ट मिक्स डिजाइनसम्बन्धी उपकरण तथा फलिङ वेट ड्रिलेक्टोमिटरलगायतका उपकरणहरू जडान गरिएको उक्त प्रयोगशाला भवन करिब ७३ दशमलव २० लाख रूपैयाँको लागतमा निर्माण गरिएको हो । प्रयोगशालामा जडान गरिएका उपकरणहरू सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजनासम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञहरूका लागि नियमितरूपमा सञ्चालन गरिने प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया