भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८ प्रदान
काठमाडौं । यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ वरिष्ठ गायिका तिर्थकुमारी र वरिष्ठ सङ्गीतकार शुभबहादुर सुनामलाई प्रदान गरिएको छ । शनिबार ललितपुरको म्याक्सिम्स ब्यांक्वेटमा एक कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा उक्त सम्मान कार्यक्रम भएको हो ।
नेपाली गीत संगीतको क्षेत्रमा अनवरतरूपमा पु-याएको योगदानलाई उच्च मूल्याङ्कन गरी गायनतर्फ वरिष्ठ गायिका तिर्थकमारी र वरिष्ठ संगीतकार शुभबहादुर सुनामलाई सम्मान गरिएको प्रतिष्ठानका सञ्चालक तथा लोकप्रिय गायक तथा संगीतकारद्वय सत्य–स्वरूपराज आचार्यले बताए ।
स्रष्टालाई दोसल्ला र ताम्रपत्रसहित ५० र ५० हजार रूपैयाँ नगदसहित सम्मान गरिएको छ । आगामी वर्षदेखि सम्मान राशि एक लाख पु-याइने भक्तराज आचार्य संगीत प्रतिष्ठानले जनाएको छ । यसै वर्षदेखि ‘सुशीला आचार्य सुस्वास्थ सम्मान’ स्थापना गरेको प्रतिष्ठानले वाद्यवादक रुपेश सिंहलाई २५ हजार नगदसहित सम्मानित गरेको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष नेपाली गीत–संगीत क्षेत्रका विशिष्ठ योगदान पु-याएका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया