Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटक बढे

सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटक बढे


सोलुखुम्बु । सोलुखुम्बु–सगरमाथा क्षेत्रबाट बाहिरीने पर्यटकको संख्या वृद्धि भएको छ । सिजन सकिनलागेसँगै खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकहरु फर्किने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार पछिल्लो समय दैनिक एक सय जनाको हाराहारीमा पर्यटक भित्रिरहेका छन् भने दैनिक तीन सय जनाभन्दा बढी बाहिरिने गरेका छन् । गत साउन देखि वैशाख २७ गते सम्ममा २२ हजार आठ सय चार जना पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।

भ्रमणकर्तामध्ये १८ हजार ३६ जनाविदेशी र चार हजार सात सय ६८ जना नेपाली रहेको निकुञ्जको तथ्यांक छ । खुम्बु भ्रमण गर्ने पर्यटकमा सबै भन्दा बढी भारतीय रहेको निकुञ्जको कार्यालयले जनाएको छ । खुम्बुमा वर्षको दुई सिजन फागुन मध्यदेखि जेठको मध्यसम्म र असोजदेखि मंसिर सम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

सिजनको सुरुवात समयमा मासिक हजारौँ पर्यटकहरु सो क्षेत्रमा भित्रिने गरेको छन् । कोभिड–१९ महामारी सामान्यजस्तो बन्दै गएपछि सोलुखुम्बु–सगरमाथा आउने पर्यटकको संख्यामा अत्याधिक वृद्धि भएको सूचना अधिकारी रोकायले बताए । सिजनको समयमा भएको पर्यटकको आवगमनले यहाँको अर्थतन्त्र सवल बनेको थियो । सिजनमा आएको पर्यटकका कारण यहाँको होटल, होमस्टे, स्थानीय पर्यटक गाइड, भरियालगायतका सदस्यहरुले काम पाएका थिए । सिजनको समयमा पर्यटकको आवागमनसँगै आफ्नो होटेल, होमस्टे सञ्चालन भएको हुँदा राम्रो आम्दानी भएको एक होटल सञ्चालकले बताए । सिजन सकिएपछि न्यून मात्र पर्यटक आउने हुँदा होटेल भरिभराउ नहुँदा व्यापारसमेत प्रभावित बन्न पुग्ने उनको भनाइ छ ।

सिजन सकिए पनि पर्यटक भने करिब सधैँजसो आउने गरेको पाइन्छ । विशेष गरी सगरमाथा, ताल, पर्यावरणको अनुभव लिनको लागि पर्यटकहरु आउने गरेको पाइन्छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x