Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राइ एडभेन्चर प्रतियोगिता

मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राइ एडभेन्चर प्रतियोगिता


मुस्ताङ । नेपाली सेनाले मुस्ताङको जोमसोममा पहिलो पटक आयोजना गरेको ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राइ एडभेन्चर प्रतियोगिता २०७९’ सम्पन्न भएको छ । शनिबार मुस्ताङको जोमसोम क्षेत्रमा भएको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी २१ टिमका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा प्रतियोगीमाझ रक क्लाइम्बिङ, रनिङ, रिभर क्रसिङ र साइक्लिङमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम भएका छन् । उनले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको र तालिममा सिकेको कुरा प्रस्तुत गर्नुका साथै विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरेको बताए । यस्तै, दोस्रो स्थान हात पार्न सफल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर थापा मगरले तालिममा हासिल गरेको अनुभवले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सहज भएको सुनाए । भारत र बंगलादेशका खेलाडी पनि कमजोर नभएको उनको भनाइ छ ।

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेको प्रतियोगितामा सहभागी खेलाडीलाई २० दशमलव दुई किलोमिटर दूरी पार गर्नुपर्ने प्रावधान राखिएको थियो । तोकिएको दूरी पार गर्दै त्रिभुवन आर्मी क्लबकै मानबहादुर थापा दोस्रो हुन सफल भएका थिए । सोही प्रतियोगितामा महिलातर्फ हिमालयन गल्र्स टिमका खेलाडी प्रथम, त्रिभुवन आर्मी क्लब ‘ए’का दोस्रो र त्रिभुवन आर्मीकै क्लब ‘बी’ टिमका खेलाडीले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

प्रतियोगितामा पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित तीन हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः दुई र एक हजार डलर प्रदान गरिएको थियो । त्यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद एक लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रूपैयाँ प्रदान गरिएको आयोजक नेपाली सेनाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x