वैदेशिक रोजगारीमा जानेलाई बीमा फर्किनेलाई अनुदान
जनकपुरधाम, फागुन ६
प्रदेश २ को सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुको बीमा गरिदिने तथा फर्केकालाई साना उद्योगका लागि अनुदान दिने भएको छ । प्रदेश नं. २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुलाई साना उद्योग सञ्चालन गर्न खोजेमा प्रदेश सरकारले २५ प्रतिशत र ५० प्रतिशत बैंकबाट ऋण उपलब्ध गराउने जानकारी दिए । उक्त ऋणका लागि प्रदेश सरकार ग्यारेन्टी बस्ने उनको भनाइ छ । सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्च(लापसोज)ले जनकपुरमा आयोजना गरेको वैदेशिक रोजगार नीतिसम्बन्धी छलफल तथा परामर्श कार्यक्रममा उनले वैदेशिक रोजगार पीडितको संख्या बढी रहेको बताए ।
वैदेशिक रोजगारीसम्बन्धी प्रदेश सरकारले विधेयक तयार पारेको बताउँदै उनले केही दिनमै त्यो पारित हुने बताए । उनले वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न विदेश जानेको जीवन बीमा प्रदेश सरकारले गराउने बताए । प्रदेश सरकारले वैदेशिक रोजगारीलाई महत्व दिएको बताउँदै उनले आयोजकलाई नीति आयोगको कार्यालयमा आएर वैदेशिक रोजगारीको नीति मस्यौदा छलफलको लागि सहकार्य गर्न आग्रह गरे । लापसोजका कार्यकारी निर्देशक प्रेमचन्द्र राईको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा वैदेशिक रोजगारीका पीडितहरुले समेत आफ्ना समस्या राखेकाले उनीहरुको समस्या समाधानका लागि संस्थाले पहल गर्ने लापसोजका दुई नं. प्रदेश संयोजक पवन कुमार कर्णले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया