खुम्बु क्षेत्रमा एक सातापछि हेलिकोप्टरको उडान
सोलुखुमबु । जिल्लाको खुम्बु क्षेत्रमा एक सातापछि पहिलो पटक हेलिकोप्टरले उडान भरेको छ । मौसम प्रतिकूलताका कारण गत आइतबारबाट हुन नसकेको उडान शनिबार झण्डै एक दर्जन हेलिकोप्टरले उडान भरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयका प्रमुख द्ववारिका अछामीका अनुसार तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट तीनवटा र सुर्केबाट सातवटा हेलिकोप्टरले उडान गरेका छन् । लुक्लामा हेलिकोप्टर उडानका लागि केही समय मौसम अनुकूल भए पनि पुनः बन्द भएकाले सुर्केबाट उडान भरेको उनको भनाइ छ । तर जहाजले भने उडान भर्न सकेको छैन । ‘निरन्तररूपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरू रद्द भइरहेको छ, विशेषगरी यहाँबाट काठमाडौं फर्किन चाहने पर्यटकहरू समस्यामा छन्, मौसम तत्काल खुल्ने संकेत छैन’, उनले भने । मे २९ तारिख सगरमाथा दिवसमा खुम्बु आएका पर्यटकहरू समेत फर्किन नपाएको स्थानीयले बताएका छन् । केही पर्यटकहरू लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गइरहेका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।
सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाइयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौँदेखिको समस्या उस्तै रहेको छ । गाउँपालिका केन्द्र चौरीखर्कसम्म व्यवस्थित सडक पुगेपछि खुम्बु आउने पर्यटकले अहिले भोग्दै आएको समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया