नेपाली विद्यार्थी बोलाउँदै मुम्बई युनिभर्सिटी
काठमाडौं । नेपाली विद्यार्थी उच्च शिक्षाका निमित्त लाखौँ खर्चेर अष्ट्रेलिया, युरोप, अमेरिका पुग्ने गरे पनि नेपालको छिमेकी भारतमै मुम्बई विश्वविद्यालयले उक्त मुलुकसरह गुणस्तरीय शिक्षा दिइरहेको छ । उच्च शिक्षामा तेस्रो मुलुकको विकल्प भारतको मुम्बई विश्वविद्यालय हुने सरोकारवालाहरु बताउँछन् । मुम्बई विश्वविद्यालय भारतको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयहरूमध्ये एक हो । भारतको महाराष्ट्रराज्यकै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो यो विश्वविद्यालय करिब छ सय वर्गकिलोमिटरमा फैलिएको छ । महाराष्ट्रको ठाणे जिल्लादेखि सिन्धुदुर्ग जिल्लासम्म यसको फैलावट छ ।
मुम्बई विश्वविद्यालयमा नेपाली विद्यार्थीका रोजाइका विषयहरु पठनपाठन हुने आइतबार राजधानीमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. सुहाष पेड्नाकरले जानकारी दिए । उनले आफ्ना विद्यार्थीलाई आत्मनिर्भर, जिम्मेवार र परिपक्व नागरिकमा रूपान्तरण गर्ने नीति रहेको बताए ।
काठमाडौंको रोयल सिंघी होटलमा आयोजित उक्त कार्यक्रममा उपकुलपति पेड्नाकरल भने, ‘हाम्रो विश्वविद्यालय विश्वस्तरका सुविधाहरू सिर्जना गर्न र कायम राख्न प्रतिबद्ध छ, नेपाली विद्यार्थी हामीलाई आफ्नै मुलुकका नागरिकजस्तै लाग्छ र अहिलेसम्म जेजति नेपाली विद्यार्थीले यहाँबाट उच्च शिक्षा हासिल गरेका छन्, उनीहरु यस विश्वविद्यालयका ब्रान्ड एम्बेसडरका रुपमा रहेको पाएका छौँ ।’ मुम्बई युनिभर्सिटीमा हाल ५६ विभागसहित १२ विशेष केन्द्रहरू, सात सय ८१ सम्बद्ध कलेजहरू, दुई मुख्य क्याम्पसलगायत ‘स्कुल अफ इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस’ सञ्चालनमा रहेको विश्वविद्यालयका नेपाल प्रतिनिधि तथा चिफ एम्बेसडर जीतेश नौलखाले जानकारी दिए । उनका अनुसार मुम्बई युनिभर्सिटीमा नेपाली युवा विद्यार्थीको पछिल्लो समय आकर्षण बढ्दो क्रममा छ । शिक्षण–सिकाइ, अनुसन्धान, परामर्श र नवप्रवर्तन यस विश्वविद्यालयका सबल पक्ष रहेको नौलखा बताउँछन् ।
कार्यक्रममा एडुल्याब एजुकेसनल एक्सचेञ्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रतीक गान्धीले विश्वका विभिन्न मुलुकका विद्यार्थीको आकर्षको केन्द्र रहेको युनिभर्सिटी अब मुम्बईमा नेपाली विद्यार्थीका लागि सहज हुने बताए । भाषा संस्कृतिमा निकटताका कारण नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि तेस्रो मुलुक जानुभन्दा मुम्बईमा राम्रो भएको उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया