Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैदेशिक रोजगारीका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने

वैदेशिक रोजगारीका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने


काठमाडौं । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ । विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्न गृहकार्य सुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्न श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने बताए ।

संघको सचिवालयमा बुधबार भएको छलफल कार्यक्रममा कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्न कोषले ’प्यासन’को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए । कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्यले कानुनी अड्चनलाई हटाएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे ।

वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डीबी क्षेत्रीले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिँदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नुपर्ने बताए । उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीको भावनात्मक सम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान सुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको धारणा राखे । सरकारले आर्थिक वर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औँल्याएका छन् ।

एनआरएनएले आफ्नो १०औँ विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सरोकारवालाबीच छलफल चलाएको थियो । संघका अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षासम्बन्धी संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यविधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नुपर्ने बताए ।

एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्न दुईपक्षीय समझदारी गरिने जानकारी दिए । समझादारीपत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डीबी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिम्मेवारी तोकिएको छ । छलफलमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र रोहित रेग्मीको सहभागिता रहेको थियो । एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुममार्फत एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x