Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसहज च्यालेन्ज फन्डद्वारा राउन्ड १ का विजेता घोषणा

सहज च्यालेन्ज फन्डद्वारा राउन्ड १ का विजेता घोषणा


काठमाडौं । सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी)ले दोस्रो चरणको सहज च्यालेन्ज फन्ड राउन्ड १ का विजेताहरू घोषणा गरेको छ । एक सय ८८ आवेदनहरूमध्ये पाँच नवीनतम समाधान तथा सेवा प्रदायकहरू छनोट गरिएका थिए । कठिन स्क्रिनिङ र मूल्यांकन प्रक्रियापछि विजेताहरुको घोषणा गरिएको आयोजकले जनाएको छ ।

सहज च्यालेन्ज फन्ड राउन्ड १ ले प्रदेश १ मा कृषि उत्पादनहरुको व्यवस्थापन र आपूर्ति शृंखलासम्बन्धी चुनौती तथा बाधाहरुलाई सम्बोधन गर्ने नवप्रवर्तनात्मक र व्यावसायिक रुपमा व्यावहारिक सम्भाव्य भएका व्यवसायहरुलाई सहयोग गर्दछ । त्यसले कृषि क्षेत्रमा उच्चस्तरको व्यवसायीकरण, आर्थिक मूल्य अभिवृद्धि, लगानी र रोजगारीहरूमा योगदान पु-याउनेछ । सहजले यी पाँच विजेताहरूलाई प्रस्तावित समाधानहरू प्रदेश १ मा कार्यान्वयन गर्न अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । च्यालेन्ज फण्ड, एनएएमडीपी दोस्रो चरणको निजी क्षेत्रको स्रोतको सदुपयोग गर्दै डेयरी, तरकारी, अलैँची र मकै क्षेत्रमा सेवाको प्रावधान र नवप्रवर्तनमा पहुँच बढाउने संयन्त्र हो ।

सहजको दोस्रो चरण नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । सहज परियोजना स्विस सरकार विकास सहयोग (एसडीसी) को परियोजना हो । यसको कार्यान्वयन स्विसकन्ट्याक्ट (लिड एजेन्सीको रूपमा) र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)ले संयुक्त रूपमा गर्दै छन् । सहजले प्रदेश १ मा कृषि व्यवसायका लागि सेवा र नवप्रवर्तनमा पहुँच बढाउन वित्तीय एवम प्राविधिक सहयोग उपलब्ध गराउँछ । यसबाट साना किसानका उत्पादनको माग वृद्धि हुनेछ, तिनीहरूलाई मूल्य अभिवृद्धि आपूर्ति शृंखलामा आबद्ध गराउँछ र उच्च रोजगार तथा आयबाट ग्रामीण समुदायको उत्थानशीलतालाई बढाउँछ । यस्तै सहज च्यालेन्ज फन्डले राउन्ड २ का लागि पनि आवेदन खुला गरेको छ । एससीएफ राउन्ड २ ले प्रदेश १ को डेयरी उद्योगमा उत्पादन विविधीकरणको मुद्दालाई सम्बोधन गर्न नौलो डेयरी उत्पादनका विचारहरू खोजिरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x