सवारीचालक अनुमतिपत्र र इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा समस्या
काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले सवारीचालक अनुमतिपत्र र इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा समस्या रहेको बताएका छन् । नवनियुक्त मन्त्री राईले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्ने क्रममा चालक अनुमतिपत्र लिन सेवाग्राहीले लामो समय कुर्नुपरेको बताए ।
त्यस्तै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेटको विषयमा पनि विरोधाभास रहेको भन्दै उनले त्यो रिड गर्ने मेकानिजम नभएकाले त्यसमा आवश्यक सुधार गरिने बताए । साथै उनले सडकको ‘क्रोनिक’ ठेक्काको समस्या समाधानका लागि र यातायात क्षेत्रको समस्या समाधानका लागि दुई विज्ञ टिम बनाउने बताए । दुवै टिमलाई १५ दिनको समय दिइने र त्यो अवधिमा समस्यासहित समाधान पहिल्याउनुपर्ने उनको भनाइ थियो । सोही टिमको सुझावका आधारमा नै योजना बनाएर कार्यान्वयन गरिने उनले बताए ।
यस्तै ठूला आयोजनाहरूको कार्यान्वयन हुँदा देश समृद्ध हुने र विकासखर्च बढ्ने उनले बताए । ठूलो बजेट भएको ठूलो मन्त्रालय भएकाले पनि रुग्ण आयोजना रहेको र त्यो तत्काल समाधान आवश्यक रहेको उनको भनाइ थियो । मन्त्रालयको वित्तीय खर्च बढी हुँदा देश विकासमा फड्को मार्न सक्ने उनको दाबी छ । सडक पूर्वाधार निर्माणमा विगतदेखि ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति रहेको पनि उनले बताए । बाँके–२ बाट सांसद निर्वाचित भएका राईले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यानडाको हिन्दु मन्दिरमा भएको हिंसाको भारतद्वारा निन्दा
- ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
- स्पेनका राजारानीमाथि नागरिकले माटो हाने
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
- अधिकारी नास्टको आईसीटी उपसमिति सदस्य मनोनित
- बाल्ट्रा नेपालकोे कौशलटारमा नयाँ रिटेल आउटलेट
- ‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया