Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरमेश पाण्डेको ‘एउटा शिक्षक’ विमोचन

रमेश पाण्डेको ‘एउटा शिक्षक’ विमोचन


काडमाडौं । ५२ वर्षे शिक्षण पेसाको अनुभवलाई समेटी लखिएको शिक्षक रमेश पाण्डेको आत्मवृत्तान्त ‘एउटा शिक्षक’ विमोचन गरिएको छ । सोमबार कलेज अफ अप्लाइड बिजनेसमा शिक्षक पाण्डेका तत्कालीन विद्यार्थी एवं पूर्वमुख्यसचिव लिलामणि पौडेल र लेखक पाण्डेका दाइ मोहन बहादुर पाण्डेले संयुत्तरूपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकको विमोचन कार्यक्रममा पूर्वमुख्यसचिव पौडेलले पेसागत इमानदारिता, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको विद्यार्थी हुन पाएकोमा गर्व महसुस भइरहने बताए । शिक्षालाई व्यापार बनाउनु हुन्न भन्ने आफ्नो दृढ संकल्पमा अनवरत लागि परिरहेका शिक्षक पाण्डेले आफ्नो पेसालाई कमाउने भाँडो कहिल्यै नबनाएको पौडेलको भनाइ थियो । पुस्तकका लेखक रमेश पाण्डेले आफ्नो जीवनमा असल शिक्षकको अभिभारा पूरा गर्ने प्रयास गरिरहेको बताए ।

२०३६ सालको राजनीतिक अस्थिरतामा शंकरदेव क्याम्पसको क्याम्पसप्रमुख भएको सम्झना गर्दै पाण्डेले क्याम्पसको पठनपाठनलाई स्तरीय बनाउन गरिएका योजनाहरू कार्यान्वयनमा विद्यार्थीहरूबाट ठूलो साथ पाएको बताए । ‘एउटा शिक्षक’को लेखन संयोजन र प्रकाशन घोस्ट राइटिङ नेपालले गरेको हो । घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले रमेश पाण्डेको अनुभव र भोगाइलाई पाठकमाझ ल्याई एउटा शिक्षकको उदाहरणीय व्यक्तित्व झल्काउन पाएकोमा गर्व महसुस भएको बताए ।

विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ पद्धतिलाई अवलम्बन गराउन शिक्षक पाण्डेले नेपालका विभिन्न शैक्षिक संस्थाहरूमा बसेर गरेका योगदानलाई पुस्तकमा समेटिएको छ । त्रिभुवन विश्वविद्यालयको सेवाबाट सेवानिवृत्त भएपछि पनि पाण्डेले आफूले नेपालको शिक्षामा ल्याउन खोजेको रूपान्तरणलाई कलेज अफ अप्लाइ बिजनेस क्याबको स्थापना गरी निरन्तर प्रयोगमा ल्याइरहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x