डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङलाई
काठमाडौं । डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई प्रदान गरिएको छ । डा. डिल्लीरमण रेग्मी प्रतिष्ठानले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कलात्मक बुद्धको मूर्तिसहित पुरस्कार चाम्लिङलाई प्रदान गरेका हुन् ।
यसैगरी डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. अनोजा गुरुमालाई दिइएको छ । सम्मान पत्रसहित पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ । कार्यक्रममा मन्त्री पौडेलले नेपाली भाषा, साहित्य, संस्कृतिको उत्थानमा चाम्लिङको महत्वपूर्ण योगदान रहेको बताए । राज्यमन्त्री बोधमाया यादवले घर र पुस्तकालय देशलाई हस्तान्तरण गरी पुरस्कार पनि स्थापना गरेर स्वर्गीय रेग्मीले उदाहरणीय काम गरेको बताइन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिका माध्यमबाट विश्वका नेपालीलाई एकतामा गाँस्न सकिन्छ भन्ने उदाहरण चाम्लिङ बनेको बताए । राजनीतिज्ञले राज्यलाई सम्पत्ति र पुस्तकालय दिएको उदाहरण रेग्मीले प्रस्तुत गरेको उनको भनाइ थियो ।
कार्यक्रममा चाम्लिङले आफू प्रजातान्त्रिकरूपमा पाँच पटक सिक्किमको मुख्यमन्त्री चुनिएको उल्लेख गर्दै त्यो समयमा जैविक खेतीका लागि काम गर्न सफल भएको अनुभव सुनाएका थिए । नेपाल कृषिप्रधान देश भएकाले यहाँ पनि जैविक खेतीको सम्भावना प्रचुर रहेकाले त्यसतर्फ आकर्षित हुनुपर्नेमा उनले जोड दिए । रेग्मीको नाममा स्थापना भएको पुस्तकालय विकास समितिका अध्यक्ष प्राडा ध्रुरुवकुमार घिमिरेले शान्ति स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्नेलाई विसं २०७४ देखि यो पुरस्कार दिइँदै आएको जानकारी दिए ।
पुरस्कार छनोटका लागि इन्दिरा दलीको संयोजकत्वमा प्राडा मोहन लोहनी र पूर्वसहसचिव दिनेश श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले सर्वसम्मतरूपमा पुरस्कार छनोट गरेको पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया