दोलखा । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । जिल्लामा कति क्रसर उद्योग सञ्चालनमा छन् भन्ने यकिन विवरण नै नभएको भन्दै उनले अनुगमन गरेर सबै उद्योगलाई करको दायरामा ल्याउनुपर्ने बताए ।
भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षको कार्यक्रम तथा आयोजना र बजेट समेटेर तयार पारेको पुस्तकको मंगलबार विमोचन गर्दै उनले जिल्लामा धेरै क्रसर उद्योगहरू अवैधरूपमा चलिरहेको बताए । कुन क्रसर उद्योगले हालसम्म कति कर तिरे भन्ने तथ्याङ्क पाउन नै मुस्किल भएको उनको भनाइ थियो । आफ्ना पालिकामा सञ्चालनमा रहेका क्रसर उद्योगको रेकर्ड सम्बन्धित पालिकाले राख्नुपर्ने उनले बताए । छिट्टै नै यहाँ सञ्चालित क्रसर उद्योगहरूको अनुगमन गरी करको सीमा निर्धारण गर्ने उनले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा नगरभित्र सञ्चालन गर्ने योजना तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक ऐन, विनियोजन ऐनलगायतका विषयवस्तु समेटेर पुस्तक तयार पारेको छ । कार्यक्रममा नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले नगरको टोल बस्तीसम्मै पुगेर नगरबासीमार्फत आएका योजनालाई नै आफूहरूले प्राथमिकता दिएको बताए । यस्तै उनले यसअघिको नेतृत्वले थालनी गरेका राम्रा कार्यक्रमलाई पनि समेटेर निरन्तरता दिएको जानकारी दिए । नगरपालिकाकी उपमेयर कमला बस्नेतले सीमित स्रोत र साधन, असीमित जनअपेक्षा र आवश्यकता, चरणबद्ध छलफलका लागि कम समय, तोकिएको समयभित्रै कार्यसम्पन्न गरिसक्नुपर्ने बाध्यतालगायतका चुनौतीहरूको सामना गर्दै नगरको आर्थिक वर्ष २०७९/८० को बजेट आएको बताइन् ।
बस्नेतले बजेटमा नगरको बृहत् योजना २०७७ ले तय गरेको ‘कृषि–पशुपालन, पर्यटन, दिगो पूर्वाधार शिक्षा स्वास्थ्य र संस्कृतिले समुन्नत भीमेश्वर नगर भन्ने दूरदृष्टिलाई ध्यान दिइएको जानकारी दिइन् । नगरको समग्र विकासका लागि पूर्वाधार निर्माण, कृषि प्रविधिको प्रयोग गर्दै नगरक्षेत्रका किसानको उन्नति, पशुपालनमा सहज सुविधा, आधुनिक शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच, स्वरोजगार, साना तथा मझौला उद्योगको विकास र पर्यटनमा अब्बल भीमेश्वर नगर बनाउनेजस्ता विषय यस वार्षिक योजना तथा बजेटको प्रमुख लक्ष्य रहेकोे उनको भनाइ छ । नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि ९० करोड ७० हजारको बजेट सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया