काठमाडौं । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । प्रहरीका अनुसार बुधबार अपरान्ह काठमाडौ महानगरपालिका वडा नं. २९ भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रीय अपाङ्ग कोषको कृतिम मानव अंगहरू राखिएको गोदाम घरमा आगोलागी भएको हो ।
आगलागीको सुचना पाएलगत्तै आगलागी नियन्त्रणका लागि काठमाण्डौ महानगरपालीकाबाट (जुद्द बारुण यन्त्र)–१, बौद्ध रामहिटिबाट –१, ललितपुर महानगरपालीकाबाट–१, भक्तपुर नगरपालीकाबाट –१, नेपाली सेनाबाट –२, बिमानस्थलबाट–१ र नेपाल प्रहरीबाट– १ वाटर क्यान सहित ८ वटा दमकल र ३० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो । यस्तै आगलागी नियन्त्रणको लागी जिल्ला प्रहरी परिसर काठमाडौका प्रहरी बरिष्ठ उपरीक्षकको नेतृत्वमा १ सय २० जनाको प्रहरी टोली, नेपाली सेनाबाट १०० जना, सशस्त्र प्रहरी बल, नेपाल बिपद ब्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट ६० जना सुरक्षाकर्मीहरू परिचालित भएका थिए । त्यस्तै गरी महानगरपालीकाबाट ३० जना नगरपालीकाको सुरक्षाकर्मीहरू परिचालित भएको प्रहरीले जनाएको छ । अपरान्ह ४ः ३० बजेबाट शुरु भएको उक्त आगोलागी बेलुका ७ : १५ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीमा कुनैपनि मानवीय क्षति नभएको र प्रारम्भिक रूपमा बुझ्दा करोडौको क्षति भएको भन्ने बुझिन आएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरिक्षक दिनेश राज मैनालीले जानकारी दिए । आगलागीको कारण नखुलेको र आगोलागीको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान कार्य जारी रहेको मैलालीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया