लाओसको कन्सुलरमा व्यवसायी राजु श्रेष्ठ नियुक्त
काठमाडौं । जनवादी गणतन्त्र लाओसले नेपालका लागि वाणिज्य दूत (कन्सुलर)मा व्यवसायी राजु श्रेष्ठलाई नियुक्त गरेको छ । पर्यटन व्यवसायी श्रेष्ठलाई बिहीबार आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ र शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदीले वाणिज्य दूतको प्रमाणपत्र प्रदान गरेका हुन् ।
श्रेष्ठलाई वाणिज्य दूतमा नियुक्तिसँगै लाओको महावाणिज्य दूतावास काठमाडौंमा स्थापना भएको छ । काठमाडौंको ठमेलस्थित नेपाली घरमा स्थापित महावाणिज्य दूतावासको बिहीबार दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ्ले उद्घाटन गरेका हुन् । कार्यक्रममा नवनियुक्त वाणिज्य दूत श्रेष्ठले नेपाल र लाओबीच सन् १९६० मा द्विपक्षीय कुटनीतिक सम्बन्ध विस्तार भएको स्मरण गर्दै आफूले दुई मुलुकबीचको कूटनीतिक तथा आर्थिक सामाजिक सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
श्रेष्ठले नेपालका ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतले लाओवासीको आँखाको उपचारका लागि क्याम्प चलाएको जानकारी दिँदै आगामी दिनमा पनि यसरी नै आपसी सम्बन्ध विस्तार गर्दै लैजाने जानकारी दिए । कार्यक्रममा थत लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङले पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा नेपालसँग लाओवासीले सहकार्य गर्न चाहेको बताए । नेपालले बुद्ध जन्मस्थल लुम्बिनीमा गुम्बा स्थापनाका लागि क्षेत्र छुट्याइदिएकोमा पनि लाओ सरकारले धन्यवाद ज्ञापन गरेको छ । नेपालस्थित विभिन्न मुलुकका कन्सुलरहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमका सहभागीहरुले लाओस बुद्धमार्गीहरुको मुलुक भएकाले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको धारणा राखेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया