थपिएको समयमा पनि सकिएन सोलु करिडोरको काम
महेन्द्र शाही
सोलुखुम्बु, फागुन ११
सोलु करिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको काम सम्पन्न गर्न पुनः दोस्रो पटक म्याद थप गरिने भएको छ । सन् २०२० को जनवरी ३१ सम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थप गरेको आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः दोस्रो पटक म्याद थप गर्न मन्त्रालयमा फाइल अगाडि बढाएको हो ।
सन् २०१६ सेप्टेम्बर २५ देखि काम सुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३ सय ३ वटा टावर निर्माण गर्नुपर्नेमा १ सय ४ वटा निर्माण सम्पन्न र १ सय ५७ वटाको फाउन्डेसन तयार भइसकेको छ । यस्तै, ओखलढुंगा जिल्लाभित्र २४ वटा, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एउटा टावरको फाउण्डेसन निर्माणको क्रममा रहेको आयोजना प्रमुख गौतमको भनाइ छ ।
मिर्चैया – उदयपुर – ओखलढुंगा – सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तारलाइन समेत तानिसकिएको उनको भनाइ छ । उक्त कार्य अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने भन्दै उनले सहयोगका लागि सबैलाई अनुरोध समेत गरे । उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने उनको विश्वास छ । पटक–पटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो ।
सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत्लाई सोलुदूधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका ६ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये २३.५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको छ भने ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
निर्माण सम्पन्न भइसकेको विद्युत्लाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारणलाइनमार्फत ओखलढुंगाको रुम्जाटारमा रहेको विद्यूत प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ । सोही योजनाअनुसार सम्पूर्ण काम समेत सम्पन्न भइसकेको छ । गत माघ ४ गते सोलुदूधकुण्ड नगरपालिकाको पत्तालेमा सोही केन्द्रीय प्रसारणलाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन ।
प्रसारणलाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौता (पीपीए)मा उल्लेख छ । उक्त हर्जनाबाट बच्नको लागि वैकल्पिक मार्ग ३३ केभी प्रसारणलाइन प्रयोग गर्ने आयोजनाको योजना समेत विफल भएको छ । विकासमा राजनीतिक प्रतिशोध हुँदा स्थानीय र उद्घाटनमा गएको सांसदहरुको टोलीबीच तिङ्लामा झडप भएको थियो । उक्त झडपमा एउटा बोलेरो जिपसहित १३ वटा मोटरसाइकल जलेको थियो । सोलुदूधकुण्ड नगरपालिकाका मेयरसहित स्थानीयले तिङ्लामा विद्युत् नबाली उद्घाटन गर्न नहुने तर्क राख्दै आएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया