काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वद्र्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाएका छन् । जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न समयानुकूल सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताएका हुन् ।
भाषिक र सांस्कृतिक विविधतासहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँच जना स्रष्टाहरुलाई पुरस्कृत समेत गरेका थिए । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत भएका छन् । चौधौँ शताब्दीका प्रसिद्ध कवि विद्यापतिको नाममा नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रधानमन्त्रित्वकालमा कोष स्थापना भई मैथिली भाषाका स्रष्टाहरलाई सम्मान गर्न सुरु गरिएको थियो ।
यो कदम नेपालमा दोस्रो सबैभन्दा बढी बोलिने मैथिली भाषाप्रतिको सम्मान भएको मन्त्री श्रेष्ठले बताए । विद्यापतिद्वारा रचित गीतहरु अहिले पनि मिथिलाबासीको जनजिब्रोमा झुण्डिएको छ भने बंगाल, उडिसा, असम र काठमाडौंका मन्दिरहरुमा भजनका रुपमा गुञ्जिँदै आएको छ । विद्यापतिका गीत र रचनाहरु नेपाली अभिलेखालयमा सुरक्षित रहनु गौरवको विषय भएको मन्त्री श्रेष्ठको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया