‘स्वदेशी वस्तुको प्रवर्द्धन गर्न केन्द्रित मौद्रिक नीति सकारात्मक’
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले मौद्रिक नीति स्वदेशी वस्तुको प्रवर्द्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको जनाएको छ । महासंघले लामो समयदेखि स्वदेशी वस्तुको प्रवर्द्धन र विकासका लागि बहस पैरवी गर्दै आएको र सोहीबमोजिम मौद्रिक नीति आएको भन्दै स्वागत गरेको छ ।
स्वदेशी वस्तुको प्रवर्द्धन र विकासका लागि बहस पैरवी गर्दै आएको परिप्रेक्ष्यमा महासंघको माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवर्द्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता लिएको मौद्रिक नीति २०७९/८० लाई सकारात्मकरुपमा लिएको महासंघले जनाएको छ । कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए । लघु, घरेलु तथा साना र मध्यम उद्यमहरुको लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड दिनु, बैंक तथा वित्तीय संस्थाबाट अधिकतम पाँच करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनु मौद्रिक नीतिको राम्रो पक्ष भएको अध्यक्ष सिंहको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चापदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम दुई प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनुजस्ता व्यवस्थाले स्वदेशी उद्योगको प्रवर्द्धन र विकासमा सहयोग पुग्ने देखिएको महासंघको भनाइ छ । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवर्द्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइ उत्पादकत्व अभिवृद्धिमार्फत आयात प्रतिस्थापन गर्दै निर्यात अभिवृद्धि गरी आर्थिक वृद्धिलाई सहयोग पु-याउने कार्यदिशासहितको मौद्रिक नीतिले विगतको नीतिले अवलम्बन गरेका सकारात्मक व्यवस्थाहरुलाई निरन्तरता दिनु स्वागतयोग्य भएको महासंघले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया