कुमारी जबमा रजिस्टर्ड गरे जिमको सदस्यतामा छुट पाइने
काठमाडौं । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाइने भएको छ । त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन् । कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले व्यायामले तनाव कम गर्न तथा कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्ने भएकोले कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको कामप्रतिको लगाव एकआपसमा प्रत्यक्ष रुपमा सम्बन्धित हुने बताए ।
काठमाडौँको तीनकुने सुविधानगरस्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिन इच्छुक महानुभावहरुले कुमारी जब डट कम अथवा तीनकुनेस्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सक्नेछन् । यसरी वेबसाइटमा अथवा कार्यालयमै गएर दर्ता गरेबापत कुनै शुल्क लाग्नेछैन । कुमारी जबले निःशुल्क रुपमा योग्यताअनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ । यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवं रोजगारी पाइसकेपछि पनि कुनै शुल्क लाग्नेछैन ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया