पहिरोको कारण गौरीशंकर फेदीका १० घर विस्थापित, विद्युत् र खानेपानी अवरुद्ध
दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ फेदीमा शनिबार राति परेको अविरल वर्षासँगै गएको पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गाउँभन्दा तलबाट निरन्तर पहिरो बगिरहेकाले यहाँका घर उच्च जोखिम रहेको र सुरक्षित स्थानमा सार्ने काम भइरहेको गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले जानकारी दिए ।
पहिरोले फेदी गाउँका स्थानीयले प्रयोग गरेको खानेपानी पाइप तथा ट्यांकी भत्काएको हुँदा गाउँमा खानेपानी समस्या समेत देखिएको छ । उनीहरूलाई खानेपानी भएको सुरक्षित ठाउँमा सार्न वडालाई निर्देशन दिएको उपाध्यक्ष तामाङले बताए । त्यस्तै पहिरोले विद्युत्को पोल ढालेर गाउँ जलविद्युत् अवरुद्ध बनाएको छ । यसअघिको पहिरोले वडा नम्बर–९ सिमीगाउँका १९ घरपरिवार विस्तापित भएका थिए । गाउँपालिकामा यस वर्ष बाढी–पहिरोले ४५ घरपरिवार विस्थापित भएका छन् भने सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । दोलखामा पहिरोका कारण मानवीय क्षति नभए पनि दुई दर्जन बढी घरमा क्षति पुगेको छ भने करिब दुई सय घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
त्यसैगरी पहिरोले जिल्लाको तामाकोशी गाउँपालिकाको मालुखोला बेँसी, गौरीशंकर गाउँपालिकाको फेदी बेँसी, कालिञ्चोक गाउँपालिकाको लापिलाङमा सयौँ रोपनी खेतीयोग्य जमिन बगाएर धान, कोदो तथा मकैको बाली नष्ट गरेको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको हुँदा जिल्लामा बाढी–पहिरोका घटना वृद्धि भएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया