लमही क्रिकेट रंगशालाको निर्माणकार्य पूरा गर्न आवश्यक बजेट छुट्याइने
दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले दाङको लमहीमा रहेको क्रिकेट रंगशालाको बाँकी निर्माणको कार्य सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् । निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको सोमबार अवलोकन गर्दै उनले यसलाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रूपमा विकास गर्न सकिने बताए ।
निरीक्षणको क्रममा उनले पूर्वाधारका बाँकी कामहरूको बारेमा जानकारी लिएका थिए । आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेको र मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन उनले आश्वासन समेत दिए । आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । आठौँ राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरू निर्माण गरिए पनि प्याराफिटलगायतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया