भीमदत्त नगरपालिकाले कृषि प्रदर्शनी गर्ने
महेन्द्रनगर, फागुन १३
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उत्पादनको प्रदर्शनी प्रतियोगिता आयोजना गर्नेभएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना र भीमदत्त नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको १३औं सुदूरपश्चिमाञ्चल औद्योेगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ को अवसर पारेर भीमदत्त नगरपालिकाले कृषि उत्पादनको प्रदर्शनी गर्ने भएको हो ।
उक्त प्रदर्शनीको प्रतियोगितामार्फत पुरस्कृत गरिने भीमदत्त नगरपालिकाका कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेयले बताए । उनका अनुसार फागुन १२ गतेदेखि १४ गतेसम्म मेलाको प्रदर्शनीमा सहभागी हुन चाहने किसानले आफ्नो उत्पादनसहित नाम दर्ता गराउन सक्नेछन् । उक्त उत्पादनलाई १४ गते विभिन्न प्राविधिक विज्ञ टोलीको समिति बनाई उक्त टोलीद्वारा उत्पादनको मूल्यांकन गरिने छ । टोलीले गरेको मूल्यांकनका आधारमा उत्कृष्ट हुने चार जना किसानलाई पुरस्कृत गरिनेछ । उक्त मूल्यांकन विभिन्न नौवटा विधामा गरिने अधिकृत पाण्डेयले बताए ।
प्रतिस्पर्धा गरिने नौवटा विधाहरूका बाली एवं पशुपन्छी समूह, खाद्यान्न बाली समूह, तरकारी बाली समूह, फलफूल बाली समूह, दाल बाली समूह, तरकारी बाली समूह, नगदेबाली समूह, आलु बाली समूह, स्थानीय पन्छी पालन समूह, बोका पालन समूह र विविध बाली समूहमा रहेका छन् । यी सबै नौवटा बाली समूहमा छुट्टाछ्ट्टै प्रतिस्पर्धा गराई सबै समूहमा उत्कृष्ट किसानहरूमध्येबाट चार जना किसानलाई पुस्कृत गरिनेछ ।
मेलामा प्रदर्शनीका लागि ल्याइएको उत्पादन स्थानीय र किसान स्वयंद्वारा उत्पादित हुनुपर्ने प्रावधान राखिएको छ । कम्पोष्ट मलको प्रयोग गरी गरिएको उत्पादन, विभिन्न प्रकारका बिउबीजन प्रणाली, तथा उत्पादन गरिएको राम्रो उत्पालनलाई प्रदर्शनीमा ल्याउन सक्ने बताइएको छ । उक्त प्रतियोगिताका समूहमा प्रथम हुनेलाई नगर दुई हजार र प्रमाणपत्र द्वितीय हुनेलाई १५ सय, तृतीय हुनेलाई एक हजार र शान्त्वना हुनलाई पाँच सय पुरस्कारसहित प्रमाण पत्र दिइने जनाइएको छ । उक्त प्रतियोगितामा भीमदत्त नगरपालिकाभित्रका किसान व्यवसायीहरूले मात्रै सहभागी हुन पाउने पाण्डेयले बताए ।
किसानहरूलाई कृषि पेशातिर आकर्षित गर्न र उनीहरूलाई पेशाप्रति पुरोत्साहित गराउन र कृषि व्यवसायलाई फस्टाउनमा प्रवर्द्धन गर्ने मेलामा प्रतियोगिता आयोजना गरिएको बताएका छन् । नगरपालिकाले उक्त मेलाको कृषि प्रदर्शनी प्रतियागिताका लागि जम्मा एक लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले नाम दर्ता गराउनका लागि मेलाभित्र डेस्कको स्थापना गरिसकेको बताएको छ । मेलामा सोमबारदेखि नै नाम दर्ता गर्नसमेत आह्वान गरेको छ । नगरपालिकाले कृषि प्रदर्शनीलाई विशेष महत्व दिएइको कृषि शाखाका अधिकृत पाण्डेयले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया