सगरमाथासम्म विस्तार गरिने फाइबर हस्तान्तरण
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म विस्तार गरिने उच्च गुणस्तरको फाइबर खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
नाम्चेदेखि सगरमाथा आधारशिविरसम्म इन्टरनेट विस्तार गरिने ३६ कोरको ४४ किलोमिटर फाइबर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । फाप्लु विमानस्थलमा एक कार्यक्रमका बीच सहयोगी संस्था सेन्टर फर आईसीटी फर डेब्लप्टका कार्यकारी निर्देशक पवन शाक्यले गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पालाई उक्त सामग्री हस्तान्तर गरेका हुन् । दुई लाख ५८ हजार युरो अर्थात् दुई करोड रुपैयाँ बराबरको सो सामग्रीको आर्थिक व्यवस्थापन एसिया कनेक्ट साउथ कोरियामार्फत युरोपियन युनियन र टेनले गरेको सहयोगी संस्था सेन्टर फर आईसीटी फर डेब्लप्ट काठमाडौँले जनाएको छ ।
उच्च गुणस्तर र प्रविधिको वाटर तथा विन प्रुभ सो फाइबरले ५० टनसम्मको भार थेग्नसक्ने सहयोगी संस्थाले जनाएको छ । सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पाले निकट भविष्यमै गाउँपालिकालाई प्रविधियुक्त बनाउने बताए ।
सहयोगी संस्थामार्फत आफ्नो पालिकालाई गुणस्तरीय सामग्री प्राप्त भएकाले प्रविधिको क्षेत्रमा खुम्बुलाई देशकै नमूनाको रुपमा विकास गर्ने हिसाबले दीर्घकालीन योजनाका साथ अघि बढ्ने बताए । सोही संस्थाले यसअघि गाउँपालिकालाई राउटर, स्विच, टर्मिनल बक्सलगायतका सामग्रीहरु पनि सहयोग गरेको बताइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया