राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा दुई करोडको लागतमा कक्षाकोठा निर्माण
काठमाडौं । राउन्ड टेबल विराटनगर प्लाटिनम राउन्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकास्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउन्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजनाअन्र्तगत दुई करोडभन्दा बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाइदिएको हो ।
बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालयपरिसरमा गत बिहीबार आयोजित एक कार्यक्रमका बीच राउन्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमा हालै निर्माण गरिएको चारकोठे भवनको उद्घाटन गरेका हुन् । विराटनगर प्लाटिनम राउन्ड टेबल नेपालले युरोपस्थित राउन्ड टेबल युरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा चारकोठे पक्की भवन थप गरेको हो । राउन्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यसअघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । थप गरिएको चार कोठासँगै हालसम्म राउन्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठाको निर्माण सम्पन्न गरिसकेको छ । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्वि गर्न समेत राउन्ड टेबल नेपालले भूमिका निर्वाह गर्दै आएको छ ।
राउन्ड टेबल नेपाल ११ ले हालसम्म उक्त विद्यालयमा स्वच्छ खानेपानी, शौचालय, साइकल पार्किङलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिदिएको छ । बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउन्ड टेबल ११ ले दुई करोड बढीको लगानी गरिसकेको छ । विद्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना राउन्ड टेबलले जुटाइदिएपछि अब आफूहरू विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धि गर्न लागिपरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए । यसैबीच मोेरङको रंगेली नगरपालिका ७ मा रहेको आदर्श निम्नमाध्यमिक विद्यालयलाई राउन्ड टेबल पाँचद्वारा चारवटा कोठा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राउन्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठामा रिवन काटेर हस्तान्तरण गरेका थिए । विद्यालयमा चार सय ६५ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयलाई सधैँ सहयोग गर्दै जाने राउन्ड टेबुल नेपाल पाँचका अध्यक्ष आनन्द वाइतीले जानकारी गराए । अहिलेसम्म यो विद्यालयमा राउन्ड टेबुलले ५० लाखसम्म खर्च गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया