मिस नेसन नेपालको विजेताले १ लाख नगद पुरस्कार पाउने
काठमाडौं । आई डु इभेन्ट्सको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । उक्त प्रतियोगिताको फिनाले यही शुक्रबार हुनलागेको हो । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिटनेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले शुक्रबार थापाथलीस्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजक ललिता सापकोटाले बताइन् । विजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद एक लाख, विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदिमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेसन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् । मिस नेसन नेपाल २०२२ का निर्णायकमण्डलको रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया