Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘पुस्तकप्रति नयाँ पुस्तामा रुचि देखिएन’

‘पुस्तकप्रति नयाँ पुस्तामा रुचि देखिएन’


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रुचि नदेखिएको बताएका छन् । १५औँ पुस्तकालय दिवसको अवसरमा मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको बताएका हुन् । ‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको छ’, उनले भने, ‘पुस्तक पढ्ने रुचि हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’

पुस्तक एवं पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाई हिँड्ने चलन सुरु भएको बताए । ‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्नेतिर पछिल्लो पुस्तामा हराउँदै गयो’, उनले भने, ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’ आधुनिकीकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरू पढ्ने, धारणा बनाउनेजस्ता क्रियाकलापहरू कमजोर हुँदै गएको उनको भनाइ छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औँ पुस्तकालय दिवस मनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x