Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालट्राफिक प्रहरीद्वारा चोरी भएका दुईपाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा चोरी भएका दुईपाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका दुईपाङ्ग्रे सवारी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा चोरी भएका २१ वटा सवारीसाधन खोजी गरी प्रहरीले बिहीबार हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारीसाधन हस्तान्तरण गरेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को साउन महिना र भदौ महिनाको मध्यसम्ममा दुईपाङ्गे्र सवारीसाधन हराएको दुई सय २१ वटा निवेदन प्राप्त भएको उनले बताए ।

प्राप्त निवेदनको आधारमा चोरी भएका सवारीसाधन खोजी गर्दा साउन र भदौ महिनाको मध्यसम्म एक सय एउटा सवारीसाधन फेला परेको उनले जानकारी दिए । फेला परेकामध्ये साउनमा ७३ वटा र भदौको मध्यसम्म १० वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकिएको उनले बताए । बिहीबार २१ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यसै आर्थिक वर्षको फेला परेका सबै सवारीसाधनलाई धनीको जिम्मा लगाइएको उनको भनाइ छ ।

यस्तै चालू आवमा चोरीका आठवटा दुईपाङ्ग्रे सवारीसाधनसहित नौजना मानिसलाई भने आवश्यक कारबाहीको लागि परिसर तथा वृत्तमा पठाइएको उनले बताए । फेला परेकामध्ये धनी सम्पर्कमा नआएका तीनवटा सवारीसाधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमै रहेकाले दुईपाङ्ग्रे सवारीसाधन हराएको निवेदन दिएका धनीलाई सम्पर्कमा आउन समेत उनले आग्रह गरे ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x