Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । पालिकाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बिहीबार ३३ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

पालिकाले जिल्ला प्रथम हुने आदेश दाहाललाई ५० हजार रूपैयाँसहित सम्मान गरेको छ । दाहालले एसईई परीक्षामा हनुमन्तेश्वर माध्यमिक विद्यालयबाट ३ दशमलव ८ जीपीए ल्याई जिल्लाप्रथम भएका थिए । दाहालसँगै सोही विद्यालयमा अध्ययन गरेर छात्रातर्फ ३ दशमलव ७५ जीपीए ल्याउन सफल पूर्णिमा मिजारलाई पनि गाउँपालिले ५० हजार नगदसहित सम्मान गरेको छ । यस्तै पालिकाले हनुमन्तेश्वर माध्यमिक विद्यालयलाई पनि ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

यसैगरी पालिकाले ३ दशमलव ६ जीपीए ल्याउने हनुमन्तेश्वर माविका पाँच जना विद्यार्थीलाई प्रतिव्यक्ति २० हजार, ३ दशमलव २ भन्दा माथिको जीपीए ल्याउने हनुमन्तेश्वर माविका १८ जना, क्षत्रवती मावि ३, बैतेश्वर मावि, कालिढुङ्गा मावि र निजी विद्यालयका एक/एक जना विद्यार्थीलाई प्रतिव्यक्ति १० हजार रूपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरू सबैलाई गाउँपालिका अध्यक्ष छवि लामाले सम्मान गरेका हुन् । गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको बैतेश्वर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौलागाईंले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x