Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण

भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण


काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकामा एक सय १० भूमिहीन सुकुमबासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन् ।

हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनः नापी र विशेष नापीबाट ४९ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोगमार्फत करिब एक हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । मन्त्री श्रेष्ठले भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको कामलाई निर्वाचन आचारसंहिताले छेक्न नहुने बताइन् । लालपुर्जा वितरण भोट माग्ने र राजनीति गर्ने नभई नागरिकको हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएको उनको भनाइ थियो ।

यस्तै उनले आर्थिक वर्षभित्र तीन सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने र आगामी दुई वर्षभित्रमा भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने दाबी गरिन् । सोही लक्ष्य हासिल गर्नको लागि पनि लालपुर्जा वितरणको कार्यमा निर्वाचन आचारसंहिता लाग्न नहुने उनको भनाइ थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x