Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजनकपुरधाममा दशैँ बजार लाग्ने

जनकपुरधाममा दशैँ बजार लाग्ने


जनकपुरधाम । दशैँको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा आठ दिनसम्म लाग्ने सस्तो बजार यो वर्ष पनि हुने भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा यो वर्ष अगामी असोज १० गते घटस्थापनादेखि १७ गते महाअष्टमीसम्म दशैं बजार लाग्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

दशैँ बजार व्यवस्थापन मूल समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकले दशैँ बजार सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले बजार सञ्चालन गर्न विभिन्न उपसमितिहरूको समेत गठन गरेको छ । दशैँ, दीपावली तथा छठपर्वमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्नसहितका दैनिक उपभोग्य सामानहरू बिक्री गर्ने निर्णय पनि बैठकले गरेको छ । गत वर्षको दशैँ बजारमा एक सय छवटा स्टल थिए । गत वर्ष दशैँ बजार स्टल फारम शुल्क ९५ हजार रुपैयाँ र स्टल व्यवसाय शुल्क सात लाख ५० हजार रुपैयाँ आम्दानी भएको थियो । यस्तै छ लाख ५७ हजार नौ सय ८६ रुपैयाँ खर्च भई केही रकम बचत भएको अध्यक्ष महासेठले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x