राजधानीमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर’ सुरु
काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी राजधानीमा सुरु भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्ला डिइसीसीमा शनिबारदेखि ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आर्थिक तथा व्यापारिक गतिविधिमा संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने बताए । प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारिक सम्बन्धको उत्कृष्ट नमूना भएको उनको भनाइ थियो । दुवै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुवै देशका उपभोक्ता लाभान्वित हुने उनले बताए । पाकिस्तान र नेपालको सम्बन्ध व्यावसायिकसँगै साँस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत शाहले प्रदर्शनीले दुवै देशको रहनसहनदेखि साँस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने उल्लेख गरे । आर्थिक गतिविधिलाई बढावा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि प्रदर्शनी फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजिङ डाइरेक्टर सुमन महर्जनले बताए ।
पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उनले प्रदर्शनीमार्फत् दुबै देशहरुको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा राखे । आगामी असोज ६ गते बिहीबारसम्म चल्ने पाकिस्तान र नेपाल मैत्री व्यापार प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जनाएको छ । दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न प्रदर्शनीले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । कार्यक्रमलाई भव्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर, भेन्यू प्रोभाइडरमा डीईसीसी, डिजिटल पार्टनरमा एडीएसलगायतले कार्यक्रमको शोभा बढाउनेछन् ।
काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । प्रदर्शनीमा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागिता छ । व्यापार प्रवद्र्धनका लागि अतिथि राष्ट्रहरूमा भारत र बङ्गलादेशका स्टलहरू पनि छन् । यसपटक प्रदर्शनीको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहेको आयोजकले जानकारी दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया