Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालब्युटी सैलुन फेसियल हाउसको छैटौँ नयाँ शाखा धनगढीमा

ब्युटी सैलुन फेसियल हाउसको छैटौँ नयाँ शाखा धनगढीमा


काठमाडौं । नेपालको प्रख्यात ब्युटी सैलुन फेसियल हाउसले छैटौँ नयाँ शाखा धनगढीमा सञ्चालन गरेको छ । धनगढीको चौडामा शनिबार एक कार्यक्रमका बीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्धनिर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

महराले सुदूरपश्चिममा शाखा विस्तार गरेसँगै पश्चिम हुँदै पूर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्नथालेपछि फेसियल हाउसको अन्य शाखा विस्तार गर्नलागेको बताएकी छन् । सो कार्यक्रममा संघका अध्यक्ष कुँवरले आर्थिक मन्दीको अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिएका छन् ।

काठमाडौंको काठमाडौं मल, चाबहिल र सीटीसी मलका साथै उपत्यकाबाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिँदै आएको फेसियल हाउसले अब भने धनगढीबाट पनि सेवा प्रदान गर्नेछ । धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्ने छिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उद्देश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् ।

फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुनमध्ये नम्बर १ मा पर्ने सैलुन हो । मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जनाभन्दा बढी सेवाग्राहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सनजस्ता थुपै सेवा दिँदै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x