Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजर्मनीका विशेषज्ञ चिकित्सकहरुद्वारा नर्भिकको अवलोकन

जर्मनीका विशेषज्ञ चिकित्सकहरुद्वारा नर्भिकको अवलोकन


काठमाडौं । जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेको छ । विदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन् ।

जर्मनीका चिकित्सकहरुको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए । नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरुलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरुको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो । सो क्रममा नर्भिक अस्पतालको इमेरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाइ उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको लगायतका विषयमा जानकारी दिएका थिए । सो क्रममा नर्भिकका अधिकारीहरुले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुको उपचार सेवामा पु-याउँदै आएको योगदान, दिँदै आएको सेवालगायतका विषयमा समेत टोलीलाई जानकारी गराएका थिए ।

टोलीमा सहभागी जर्मन चिकित्सकहरुले नेपालमा समेत नर्भिक इन्टरनेशनल हस्पिटलजस्तो आधुनिक अस्पताल रहेकोमा खुसी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा पनि अन्तर्राष्ट्रियस्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए । उनीहरुले नर्भिकले उपचार प्रक्रियामा प्रयोग गर्ने स्वास्थ्य उपकरणहरु समेत अन्तर्राष्ट्रियस्तरकै रहेको पाइएको भन्दै प्रशंसा गरेका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x