Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबिज एजुकेसनको ब्राण्ड एम्बेसडरमा हास्य कलाकार नेपाल नियुक्त

बिज एजुकेसनको ब्राण्ड एम्बेसडरमा हास्य कलाकार नेपाल नियुक्त


काठमाडौं । बिज एजुकेसनले हास्य कलाकार जितु नेपाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । गठ्ठाघरमा आफ्नो नयाँ शाखा उद्घाटन कार्यक्रममा एजुकेसनले नेपाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । एक विशेष समारोहका बीच हास्य कलाकार नेपालले सो शाखाको उद्घाटन समेत गरेका थिए ।

कार्यक्रममा कलाकार नेपालले कन्सल्टेन्सीको सफल सञ्चालनको कामना गर्दै कन्सल्टेन्सीको प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए । त्यसैगरी निर्देशक हरि कार्कीले विदेशमा विशेषगरी बेलायत र अष्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीलाई गुणस्तरीय सेवा दिने बताए । उद्घाटन समारोहमा विदेशी विश्वविद्यालयका प्रतिनिधि, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यस्तै, निर्देशक कार्कीले दीप प्रज्वलन गरी शाखा उद्घाटनको घोषणा गरेका थिए । साथै बिज एजुकेसनको कर्पोरेट अफिस उद्घाटनसँगै यूकेमा पढ्न जाने अवसर र चुनौती विषयमा केन्द्रित रहेर युनिभर्सिटी टिमसँग अन्तक्र्रिया समेत सम्पन्न गरिएको थियो । बिज एजुकेसनले सन् २००८ देखि आफ्नो सेवा दिँदै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x