प्याब्सन र नेपाल प्रहरी श्रीमती संघबीच सम्झौता
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) र नेपाल प्रहरी श्रीमती संघबीच प्रहरीका छोराछोरीलाई निजी विद्यालयहरूमा छात्रवृत्ति दिने तथा भर्नाशुल्क नलिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी परिवारका सन्ततीहरूलाई प्याब्सनसँग आबद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति प्रदान गरिनेछ । सम्झौतामा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डीके ढुंगानाले हस्ताक्षर गरेका छन् ।
संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान गरिएको हो । कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपत्विपत्मा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूले पु¥याफएको योगदानको उच्च मूल्यांकन गरी प्याब्सनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । साथै उनले आगामी दिनमा समेत संघ र प्याब्सनबीचको सहकार्य र समन्वय भइरहने बताइन् ।
प्याब्सनका अध्यक्ष डीके ढुंगानाले राम्रो काम थालनी भएको चर्चा गर्दै शान्ति सुरक्षाका लागि अनवरत खटिने प्रहरी कर्मचारीका सन्ततीहरूलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै नेपाल प्रहरी श्रीमती संघसँगको समन्वय र सहकार्यमा शैक्षिक गुणस्तर स्तरोन्नति गर्न यस्ता सम्झौताले थप टेवा पुग्ने उल्लेख गरे । प्याब्सनसँग आबद्ध सदस्य विद्यालयहरूमा विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र एक सदस्य विद्यालयले एक जना विद्यार्थी पूर्ण दिवा छात्रवृत्ति उपलब्ध गराउने तथा छात्रवृत्तिमा समावेश नभएकाको हकमा भर्नाशुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ । उक्त सम्झौता आगामी २०८१ सालसम्म दुर्ई वर्षका लागि लागू हुनेछ । उक्त अवसरमा प्याब्सनका पदाधिकारीहरू, श्रीमती संघका पदाधिकारीहरूलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया