सोलुखुम्बु । सोलुखुम्बुमा आयोजना गरिएको १५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’को बिजेता सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका रबिन बस्नेत बनेका छन् ।
३१० किलोमिटरको ‘सोलुखुम्बु ट्रेल रेसको दुरी पार गर्दै रबिन बिजेता बनेका हुन् । त्यस्तै मुना राई द्धितिय र ल्हामु शेर्पा तृतिय भएका छन् । सोलुखुम्बु ट्रेल रेस विजतेका रबिन भन्छन्, ‘खेल पर्यटनका लागि सोलुखुम्बु छनौट हुन आफैमा गर्वको कुरा हो ।’ सोलुदुधकुण्ड नगरपालिका ८ धापबाट सुरु भएको ट्रेलमा ३९ जना विदेशी र ४ जना नेपाली धावक सहभागी थिए । ओलम्पिक विजेता दा छिरि शेर्पाको नेतृत्वमा सुरु ट्रेल पिके–दुधकुण्ड–नाम्चे–सगरमाथा आधार शिविर हुँदै फर्केर फाप्लुमा आएर समापन भएको हो ।
द स्माल वर्ल्ड (टिएसडब्लु)को आयोजना तथा दा छिरि शेर्पा फाउण्डेशन र नेपाल पर्वतारोहणको सहयोगमा आयोजना गरिएको ‘सोलुखुम्बु ट्रेल रेसले खेल पर्यटनको सम्भावनालाई दर्शाएको आयोजक टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाको भनाई छ । ‘ट्रेल’को नेतृत्वकर्ता धावक दा छिरिले खेल पर्यटनको संभावना केलाउँदै यसलाई निरन्तरता दिने बताए । कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया