अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर सञ्चालन
काठमाडौं । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधि तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच सो स्टोरको उद्घाटन मेकअप आर्टिस्ट स्नेह राणाले गरेकी हुन् ।
ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो । औषधि र औषधिजन्य उत्पादनहरुका साथै, यस स्टोरमा सुप्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छानामुनि पाउनेछन् । कार्यक्रममा ट्रुकेयरका प्रमुख कार्यकारी अधिकृत शाश्वत बज्राचार्यले ट्रुकेयर फार्मेसी र ब्युटिस्टोरले ग्राहकहरुको अनुभवलाई उच्च प्राथमिकतामा राख्ने बताए ।
छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाएका, बज्राचार्य नेपालको स्वास्थ्य र वेलनेस क्षेत्रमा भइरहेको प्रगति र विकास देखेर उत्साहित छन् । उनी भन्छन्, ‘ग्राहकहरुलाई यो फरक र नयाँ अनुभव हुनेछ किनभने हामी वहाँहरुलाई साँच्चिकै विश्वस्तरको सेवा प्रदान गर्न चाहन्छौँ । त्यसैले हामीले हाम्रो स्टोरको नाम ट्रुकेयर (साँचो सेवा) राखेका छौँ ।’ ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर जावलाखेल–एकान्तकुनामा, स्विस दूतावासको छेउमा रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया