दोलखा। निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले आ–आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचन आयोगले दलहरूलाई मंसिर १ गतेसम्म मात्रै प्रसारप्रसार गर्ने समय दिएको छ ।
प्रचारप्रसारको लागि केही दिन मात्रै बाँकी रहेकाले पनि उम्मेदवारहरू मत माग्नको लागि मतदाताको घर तथा खेतबारीमा नै पुग्ने गरेका छन् । एकमात्र प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको दोलखामा संघ तथा प्रदेश गरी ५२ जना उम्मेदवार छन् । उनीहरू सबै यतिबेला चुनावकेन्द्रित कार्यक्रम तथा भेटघाटमा व्यस्त छन् । नेतालाई चुनावको हतारो चलिरहेको बेलामा किसानलाई पनि बाली थन्काउने चटारो छ । गाउँ–घरमा मतदाता भेट्न नसकेपछि उम्मेदवारहरू मत माग्न मतदाताका खेतबारीमै धाउन थालेका छन् ।
किसानहरू यतिबेला खेतमा पाकेको धान काट्न र कुट्न व्यस्त छन् भने उम्मेद्वार खेतबारीमै मत माग्न पुग्छन् । मतदाता किसान अन्न भित्र्याउन, उम्मेदवारहरू आमसभा, घरदैलो अभियान गर्न व्यस्त भएजस्तै निर्वाचन आयोग पनि मतदातालाई मतदानसम्बन्धी शिक्षा दिन व्यस्त छ । जिल्ला निर्वाचन कार्यालय दोलखा शतप्रतिशत सदर मत झार्नको लागी पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिरहेको छ । कतिपय पालिकामा भने गाउँमै पुगेर मतदातालाई शिक्षा दिइरहेको छ । यस्तै निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले दोलखामा एक हजार पाँच सय ६६ जना कर्मचारी समेत खटाइसकेको छ ।
दोलखामा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका छन् । यसैगरी प्रदेशसभातर्फ प्रदेशसभा ‘क’मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र नेकपा एमालेका नरबहादुर श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । यस्तै प्रदेशसभा ‘ख’मा पनि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बर्मा लामा र नेकपा एमालेका भरतबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया