दोलखामा अझै सुरु हुन सकेन मतगणना
मतगणना गर्न माग गर्दै आन्दोलन
दोलखा । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको चार दिन वितिसक्दा पनि दोलखामा मतगणना सुरु हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको र सत्ता गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मत हालेको आरोप लगाउँदै नेकपा एमालेका उम्मेदवारले उजुरी दिएपछि मतगणना हुन नसकेको हो ।
मतदान भएको चार दिन बितिसक्दा पनि मतगणना सुरु नहुँदा जिल्लाभरका मतदातामा अन्योलता छाएको छ । मतगणनाको माग गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरू धर्नामा बसेका छन् भने कार्यकर्तालहरूले विभिन्न प्रकारका आन्दोलन थालेका छन् । बुधबार दिउँसो गठबन्धनबाट उम्मेदवार बनेका प्रतिनिधिसभाका गंगा कार्की, प्रदेशसभा क्षेत्र नम्बर १ का कुन्दनराज काफ्ले र २ का बर्मा लामा धर्नामा बसेका हुन् । मतगणनास्थल तोकिएको चरीकोटको गौरीशंकर क्याम्पसअगाडि उनीहरूले धर्ना दिएका हुन् । यस्तै गठबन्धन निकट तरुण तथा विद्यार्थीहरूले मतगणनाको माग गर्दै सोमबारदेखि नै आन्दोलन गर्दै आइरहेका छन् । बुधबार पनि उनीहरूले आफ्नो आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । सदरमुकाम चरीकोटमा बुधबार दिँउसो ‘बाइक ¥याली’ गरेको उनीहरूको साँझ सिट्ठी तथा राँके जुलुस निकालेका थिए । प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीले जिल्लाका सबै मतपेटिका सदरमुकाम भित्रिसके पनि मतगणना नभएपछि धर्ना थालिएको बताए ।
दोलखाका सहायक निर्वाचन अधिकृत शिव पोखरेलले उजुरीमाथि छानबिन भइरहेकाले निर्वाचन आयोगले मतगणना नगर्न भनेकोले मतगणना हुन नसकेको बताए । उजुरीमाथि छानबिन गर्न आयोगले बुधबार मात्र सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको तीन सदस्यीय टोली दोलखा पठाएको छ । एमालेले भने केही मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ । बुधबार बिहानदेखि नै निर्वाचन आयोगको टोली दोलखा आएर छलफल गरिरहेको छ तर मतगणना सुरु गर्नेसम्बन्धी कुनै निर्णय हुन सकेको छैन । दोलखामा एक प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदानकै दिन जिल्लाका सबै मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका ल्याएर राखेको छ । नेकपा एमालेले दोलखाका पाँचवटा मतदान केन्द्रमा स्वच्छ प्रतिस्पर्धा नभएको भन्दै आइतबार नै उजुरी गरेको थियो । लोकतान्त्रिक वाम गठबन्धन दलले तत्काल मतगणना सुरु गर्न आयोगलाई दबाब दिइरहेको छ भने नेकपा एमालेले भने मतगणना सुरु नगर्न दबाब दिइरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया