छत्रपाटी निःशुल्क चिकित्सालयको साधारणसभा
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको साधारणसभा सम्पन्न भएको छ । २०१३ साल माघ २३ गतेदेखि समुदायवाट सञ्चालन हुँदै आएको अस्पतालको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।
अस्पतालका अध्यक्ष डा. मनोज मान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कुल आम्दानी आठ करोड ६८ लाख १० हजार तीन सय पाँच रूपैयाँ र कुल खर्च आठ करोड ३४ लाख १९ हजार पाँच सय रूपैयाँ बजेट पारित गरेको छ । यस्तै सभामा अस्पतालकी कोषाध्यक्ष अधिवक्ता सजनी जोशीले आव २०७८/०७९ मा आठ करोड १४ लाख २२ हजार रूपैयाँ कुल आम्दानी र कुल खर्च आठ करोड ९३ लाख ७४ हजार रूपैयाँ भएको जानकारी गराएकी थिइन् । सभाले महासचिव राजेन्द्र प्रसाद मानन्धरबाट प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जोशीबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।
अस्पतालले यस वर्ष ८५ हजार तीन सय ३४ जना बिरामीलाई चिकित्सा सेवा प्रदान गरेको जनाएको छ । त्यसमध्ये पाँच हजार पाँच सय ६४ जनालाई ३८ लाख आठ हजार रूपैयाँबराबरको रकमको विशेष छुट तथा निःशुल्क उपचार सुविधा प्रदान गरिएको थियो । साथै ६१ जना बिरामीलाई ९२ हजार पाँच सय २२ रूपैयाँबराबरको निःशुल्क औषधि वितरण गरेको अस्पतालले जनाएको छ । साथै उक्त सभामा लायन कृष्ण ज्योति शाक्य र कमल शाक्यले निर्माणाधीन माउ बद्री भवनको लागि सात लाख रूपैयाँ तथा लक्ष्मी नकर्मीले २० हजार रूपैयाँ आर्थिक सहयोग गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया