उदयपुरको गाईघाटमा निःशुल्क स्वास्थ्यशिविर
काठमाडौं । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा उदयपुरको गाईघाट त्रियुगा हाईस्कुलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट तीन सयभन्दा बढी महिलाले सहभागिता जनाएका थिए ।
स्वास्थ्यशिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वास्थ्यशिविरको उद्घाटन गर्दै यस्तो नोबेल र मानवीय कार्यका लागि गैरआवासीय नेपाली संघलाई धन्यवाद दिएका थिए ।
स्वास्थ्यशिविरको संयोजन स्वास्थ्य समितिका सभापति डा. सञ्जीव सापकोटाले गरेका थिए भने महिलाहरुको जाँच गर्ने विज्ञहरुमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही थिइन् । नर्भिक अस्पतालका नर्सिङ निर्देशक डा पुनम केसी, उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अमृत कर्णले परीक्षणका दौरान सक्रियताका साथ सहयोग गरेका थिए ।
उदयपुर जेसिसकी साबु थापाको सहयोगमा स्वास्थ्य शिविरको तयारी र व्यवस्थापन गरिएको थियो । शिविरमा गाईघाटका फर्मासिस्ट ब्रम्हदेव महतो र त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सुमन्त कोइरालाको पनि उपस्थिति थियो । स्वास्थ्य शिविरको बारेमा समुदायले राम्रो प्रतिक्रिया दिँदै यसपटक सहभागी हुन नसकेका महिलाले स्वास्थ्य लाभ लिनसक्ने गरी यस्तो शिविर दोहो¥याउनुपर्ने बताएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया