ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सहकार्य
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन् ।
यस कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो, जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पु¥याउनेछ । यसले क्षेत्रीय र विश्वबजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउनेछ । परिसंघका अनुसार ग्रोथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सेलेटर कार्यक्रम हो । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्टअपहरूलाई स्केलिङ अप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्नेछ । परिसंघ र परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइनेछ । यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ । साथै नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्ने बताइएको छ । यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने परिसंघको विश्वास छ ।
स्टार्टअप रेसोले भारतमा बुट क्याम्प र एक्सेलेटर कार्यक्रममार्फत विगत नौ वर्षमा आठ सयभन्दा बढी स्टार्टअपहरूलाई लगानी गर्दै १२ हजार बढीलाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जनामा सहयोग गरेको छ । यस्तै ४० भन्दा बढी एक्सेलेटर स्थापना, नवीनतम रोजगारी सिर्जनामा सहयोग गर्दै एक करोड ३० लाख डलरबराबर राजस्व, अनुदान र प्रयोजनमा सहयोग पु¥याएको जनाएको छ । सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सीईओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न सीएनआई, सीएनआईवाईईएफजस्ता साझेदार पाउँदा खुसी भएको बताए । ‘एक लगानीकर्ताको रूपमा हाम्रो वास्तविक चुनौती हाम्रो पहिलो चेक जारी गरेपछि सुरु हुन्छ’, उनले भने, ‘कम्पनीहरूलाई तिनीहरूको रणनीतिक पहलहरू कार्यान्वयन तथा तिनीहरूको सञ्चालन सुधार र सही बजार पहुँच बढ्दो व्यापारको पूर्वशर्तहरू हुन् । एकै पटक यी चुनौतीहरु हटाउन गाह्रो छ । यस पहलका साथ हामी स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन सहयोग गर्नेछौँ ।’
ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमहरूभन्दा फरक पहल भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताइन् । यो कार्यक्रम क्रस बोर्डर मेन्टरशिप, नेटवर्किङ र विस्तारमा केन्द्रित रहेको उनको भनाइ थियो । स्टार्टअप रेसोका संस्थापक तथा सीईओ अजय रामसुब्रह्मण्यमले आर्थिक विकासको नेतृत्व पहिलो पुस्ताका उद्यमीहरूले गर्ने बताए । बजार सान्दर्भिक स्टार्टअप कार्यक्रमहरू निर्माण गर्न समान विचारधारा भएका संस्थाहरूसँग आफूहरुले साझेदारी गर्ने गरेको उनको भनाइ थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया