२१ करोडको अस्पताल भवन चार महिनामै चर्कियो
सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको नयाँ भवन उद्घाटन गरिएको चार महिनामै चर्किएको छ । सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण गरेर गत साउन २५ गते मात्रै उद्घाटन गरिएको उक्त भवन करिब चार महिनामै चर्किएको हो ।
भवनको अगाडिपट्टिको उत्तरतर्फको भागबाट चिरा पर्न थालेकोे छ । उद्घाटन भएको चार महिनामै भवन चर्किन थालेपछि निर्माण कम्पनीको गुणस्तरीयतामै प्रश्न खडा भएको छ । अस्पतालको ३० शय्याको उक्त सुविधासम्पन्न भवन विसं २०७६ पुस २७ गतेबाट निर्माण कम्पनी विकोई रौता जेभीले निर्माण सुरु गरी गएको असार २५ गते अस्पताललाई हस्तान्तरण गरेको थियो ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिल्लारीले ५४ वर्षअघि स्थापना गरेका फाप्लु अस्पताल करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये नवनिर्मित भवन सात रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया