Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकले कलेजोसम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श दिने

नर्भिकले कलेजोसम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श दिने


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजोसम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श सेवा दिने भएको छ । अस्पतालको निःशुल्क ओपीडी अभियानअन्तर्गत यो शनिबार पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श सेवा दिनलागेको हो ।

नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ । यसअघिका कैयौँ साताहरुका ओपीडी युरोलोजीसँग सम्बन्धित थियो ।

शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ । निःशुल्क ओपीडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजोबारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् ।

निःशुल्क ओपीडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेशनल हस्पिटलको ल्याण्डलाइन नम्बर ०१५९७००३२ तथा मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् । नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाइएको बताएको थियो । अस्पतालले यसअघि नै मिर्गौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x