Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसगरमाथा राष्ट्रिय निकुञ्जले शुल्क नतिर्ने हेलिकोप्टर नियन्त्रणमा लिने

सगरमाथा राष्ट्रिय निकुञ्जले शुल्क नतिर्ने हेलिकोप्टर नियन्त्रणमा लिने


काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले निकुञ्ज क्षेत्रमा अवतरण शुल्क हुने हेलिकोप्टरलाई नियन्त्रणमा लिने भएको छ ।

निकुञ्ज क्षेत्रमा शुल्क छल्दै अवतरण हुने हेलिकोप्टरको संख्या बढेकाले फेब्रुवरी १ तारिखबाट शुल्क भुक्तानी नगरी अवतरण हुने हेलिकप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने भएको हो । यसका लागि निकुञ्जले हेलिकोप्टर कम्पनीहरुलाई लिखित पत्राचार गरेको छ भने हेलिकोप्टर र चालकलाई नियन्त्रणमा लिन नेपाली सेनालाई पत्र काटिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।

यसबाट हेलिकोप्टर कम्पनीहरुले गर्नेगरेको राजस्व छलीलाई नियन्त्रण गर्न मद्दत पुग्ने निकुञ्जको विश्वास छ । निकुञ्जको नियमअनुसार हेलिकोप्टरले प्रतिअवतरण तीन हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने प्रावधान छ । तर कम्पनीहरुले उक्त नियमलाई छल्दै शुल्क बुझाउन अटेर गरिरहेकोे निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x